कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु २ घाइते
काठमाडाैं | चैत १९, २०७९
कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमी नगरपालिका-९ चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा कपिलवस्तुकै विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २९ वर्षीय बाबुराम कुवँर रहेका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल गएराति पौने १२ बजे मृत्यु भएको हो।
घाइते भएका दाङको घोराही उपमहानगपालिका-१ रामपुरका ३० वर्षीय बल देव पौडेल र विजयनगर गाउँपालिका-४ का ३५ वर्षीय राज मगरको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।
बिग्रिएर सडकमा रोकी राखेको ग १ ख ३८३५ नम्बरको मिनिट्रकको पछाडि तीन जना सवार रहको रा ३ प ७६ ७० नम्बरको मोटरसाइकल गएराति साढे १० बजे ठोकिँएको थियो।
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

